• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार ०२:२८

असोज २२, २०८२ पोखरा- पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

National Life

मुद्दामा ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ।मुद्दामा एमाले नेता तथा पूर्वमन्त्री गुप्ता, नेपाल उन्मुक्त पार्टी ९नाउपा० की अध्यक्ष तथा पूर्वमन्त्री श्रेष्ठ, केही सरकारी कर्मचारी र बिचौलिया समेत संलग्न रहेको अख्तियारले उल्लेख गरेको छ। घोटाला प्रकरणमा जग्गा हिनामिना गर्ने योजना र घूसको लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढेको थियो।

त्यसै प्रकरणमा संलग्न भएको आशंकामा अर्का पूर्वमन्त्री तथा एमाले नेता बलराम अधिकारीमाथि पूरक अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया