• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूको ८ अर्बभन्दा बढी बीमाशुल्क आर्जन

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ०५:४५

असोज ९, २०८२ काठमाडौं–  चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १४ निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा संकलन गरिएको यो बीमाशुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रहेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा १४ निर्जीवन बीमा कम्पनीहरुले ८ अर्ब १२ करोड ८१ लाख ८६ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् । सबैभन्दा धेरै सगरमाथा लुम्बिनीले ८९ करोढ ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने दोस्रोमा शिखर इन्योरेन्सले ८४ करोड ८२ लाख रुपैयाँ र तेस्रोमा सिद्धार्थ प्रिमियरले ७७ करोड ३३ लाख लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

Kamana Sewa

समिक्षा अवधिमा, हिमालयन एभरेष्टले ७१ करोड १७ लाख, एनएलजि इन्स्योरेन्सले ६८ करोड ७५ लाख, आइजिआई प्रिडेन्सियले ६२ करोड ९१ लाख, दि ओरिएन्टल इन्स्योरेन्सले ५९ करोड ५० लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ५८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Classic Tech Desktop

प्रतिकृया