• १५ असोज २०८३, बिहीबार
  • १२ः४१ दिउँसो

भ्रष्टाचार अनुसन्धानका लागि शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ०५:०२

असोज ९, २०८२ काठमाडौं– सरकारले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ। भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा भएको दमन, साथै भ्रष्टाचारका विभिन्न घटनाहरूको अनुसन्धानका सन्दर्भमा यस्तो कदम चाल्न लागिएको स्रोतहरूबाट थाहा भएको हो।

National Life

विशेषगरी निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र त्यतिबेला गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि सरकारको विशेष निगरानी रहेको जनाइएको छ।

जेन्जी आन्दोलनको समयमा भएको दमनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री स्वतः जिम्मेवार ठहरिने भन्दै सामाजिक र राजनीतिक तहबाट उनीहरूको तत्काल पक्राउ र कारबाहीको माग तीव्र बनेको छ। यस्तो चापबीच राहदानी रोक्का गर्ने विषयमा सरकारभित्र गम्भीर छलफल भइरहेको जानकारी बाहिर आएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारी स्रोतका अनुसार, दमनमा संलग्न उच्च पदस्थहरू विदेश नपलायन होउन् भन्ने उद्देश्यले राहदानी रोक्का गर्ने विकल्पमा गृह मन्त्रालय र अन्य सरोकारवाला निकायबीच छलफल चलिरहेको छ।

प्रतिकृया