• १५ असोज २०८३, बिहीबार
  • २ः०७ दिउँसो

मुलुक इतिहासकै गम्भीर परिस्थितिमा पुगेको छ : प्रचण्ड

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ०५:५६

असोज ९, २०८२ काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक इतिहासकै गम्भीर परिस्थितिमा पुगेको र राष्ट्रिय स्वाधीनता खतरामा परेको बताएका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले देशको परिस्थितिलाई “गम्भीर मोड” भनी व्याख्या गर्दै माओवादीको काँधमा ऐतिहासिक जिम्मेवारी आइलागेको उल्लेख गरे।

National Life

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा प्रस्तुत प्रचण्डको प्रतिवेदनबारे जानकारी दिँदै भने, “नेतृत्वभन्दा पनि पार्टीकै निम्ति जीवनको अन्तिम क्षणसम्म समर्पित रहने अध्यक्ष प्रचण्डको प्रतिवद्धता छ।” उनका अनुसार, नेतृत्वका सम्बन्धमा वैज्ञानिक आधारमा निर्णय गर्ने तयारी माओवादीको छ। साथै, सामन्तवादविरुद्ध पृथ्वी थर्काउने जनयुद्ध चलाएको माओवादीले अहिले पनि दलाल पुँजीवाद र प्रतिक्रियावाद विरुद्ध आवाज उठाइरहेको छ।

प्रवक्ता सापकोटाले हाल समाजवादी मोर्चामा रहेका वामपन्थी दलहरूसँग पार्टी एकताको विषयमा छलफल अघि बढिरहेको जानकारी दिए। साथै, बृहत् वामपन्थी मोर्चा निर्माण गर्ने माओवादीको योजना पनि अगाडि बढिसकेको बताए। जेन्जी आन्दोलनसँग वैचारिक र राजनीतिक संवाद अघि बढाउने रणनीति माओवादी केन्द्रको रहेको छ। पार्टीभित्र तथा बाहिर रहेका स्वतन्त्र जेनजी समूहका माग र भूमिकालाई संस्थागत गर्नुपर्ने आवश्यकता प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले पछिल्लो समयमा पार्टीमा वर्गदृष्टिकोण कमजोर बनेको स्वीकार गर्दै, केवल आत्मालोचना होइन, “शल्यक्रिया जस्तो गहिरो समीक्षा” आवश्यक भएको बताएका छन्।

प्रतिकृया