• ५ असोज २०८३, सोमबार
  • ३ः३६ दिउँसो

छुट्ला है ! आज सागर डिष्टिलरीको आईपीओ आवेदनको अन्तिम दिन

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ०९:२९

असोज ५, २०८२ काठमाडौं– सागर डिष्टिलरी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ३० गतेदेखि सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर बिक्री खुला गरेको थियो।

National Life

यसबीचमा सार्वजनिक बिदा परेपछि आवेदन दिने समय थपिएको भए पनि मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द हुने कम्पनीले जनाएको छ। सार्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

मुक्तिनाथ क्यापिटल लिमिटेड यस आईपीओको बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ जारी गरिसकेको छ, जसको बाँडफाँडसमेत भइसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया