• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

भौतिक रूपमा सेवा प्रवाह गर्न बीमा प्राधिकरणको निर्देशन

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार १०:२४

भदौ २९ ,२०८२ काठमाडौं – नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।प्राधिकरणले हालैको विषम परिस्थिति क्रमशः सामान्य हुँदै गएको भन्दै सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।

सुरक्षा निकायले कफ्र्यू र निषेधाज्ञा खुकुलो बनाउँदै लगेकाले बीमा कम्पनीहरूले भौतिक रूपमा कार्यालयमा उपस्थित भएर सेवा प्रवाह गर्नुपर्ने सूचनामा उल्लेख छ । यसअघि प्राधिकरणले भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सहज र सरल बनाउन कम्पनीहरूलाई निर्देशन दिइसकेको थियो ।

Kamana Sewa

प्रतिकृया