• १५ असोज २०८३, बिहीबार
  • ४ः४६ बिहान

रसुवाको बाढीपहिरोबाट साढे ८४ करोड बीमा दावी,कुन कम्पनीको कति ? (विवरणसहित)

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार १०:३८

श्रावण १३ ,२०८२ काठमाडौं । असार २३ गते रसुवामा आएको अविरल वर्षा र बाढीपहिरोले करिब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको बीमा दावी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार ११ निर्जीवन बीमा कम्पनीमा ६८ वटा दावी दर्ता भएका छन्।

National Life

हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी ५५ करोड रुपैयाँ, शिखर इन्स्योरेन्समा १६ करोड ८५ लाख, र नेको इन्स्योरेन्समा ५ करोड १२ लाख रुपैयाँको दावी परेको छ। अन्य कम्पनीहरूमा समेत करोडौं बराबरको प्रारम्भिक दावी परेको छ।

बीमा क्षेत्रअनुसार, सबैभन्दा बढी सम्पत्ति बीमामा ५८ करोड, सामुन्द्रिक बीमामा १६ करोड २३ लाख, र मोटर बीमामा पाँच करोडभन्दा बढी दावी दर्ता भएका छन्। बीमा प्राधिकरणले क्षतिपूर्तिको प्रक्रिया छिटो गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया