नेपाल राष्ट्र बैंकको कारबाहीमा दुई बैंक र दुई फाइनान्स
प्रकाशित मिति
२०८२ श्रावण ८ गते, बिहीबार ०३:५७
श्रावण ८,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय उल्लंघनका कारण दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ। सिटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एशिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स यसपटक कारबाहीमा परेका हुन्।

सिटिजन्स बैंकले ब्याजदर गणनामा त्रुटि, पुरानो कर्जा चुक्ता गर्न नयाँ कर्जा प्रवाह, र जमानत भुक्तानीमा ढिलाइ गरेकाले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। साथै, कर्जा उपयोग सम्बन्धी निर्देशन पालना नगरेपछि सञ्चालक समितिलाई पनि सचेत गरिएको हो।
एनआईसी एशिया बैंकले ऋणीसँग स्पष्ट सम्झौता नगरेको र ब्याजदर परिवर्तनबारे जानकारी नदिएको भन्दै चेतावनी पाएको छ।

गुह्येश्वरी मर्चेन्ट फाइनान्सले कर्जा वर्गीकरणमा त्रुटि, असुल गर्न थप कर्जा प्रवाह, र सञ्चालक नियुक्तिमा कानुनी प्रक्रिया नअपनाएको पाइएपछि प्रमुख कार्यकारी तथा सञ्चालक समितिलाई सचेत गरिएको छ। पोखरा फाइनान्सले अनिवार्य नगद मौज्दात कायम नगरेपछि ३२ लाख ७७ हजार रुपैयाँभन्दा बढी जरिवाना तिर्नु परेको छ।



प्रतिकृया