किन बोलाए देउवाले मन्त्रीसहित पदाधिकारी बैठक ?
प्रकाशित मिति
२०८२ श्रावण ८ गते, बिहीबार ०७:२८
श्रावण ८,२०८२ काठमाडौं । सत्तारूढ गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीसहितको पदाधिकारी बैठक बोलाएका छन्। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि (साउन ९ गते) बिहान ९ बजे सभापति निवास बुढानीलकण्ठमा बस्नेछ।

बैठकमा वर्तमान पदाधिकारी, पूर्वपदाधिकारी र सरकारमा सहभागी केही मन्त्रीहरूलाई पनि बोलाइएको छ। बैठकमा पार्टीभित्रका आन्तरिक गतिविधि, नेकपा एमालेसँगको सहकार्य, सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरूको भूमिका र समसामयिक राजनीतिक घटनाक्रमबारे समीक्षा र छलफल हुने जनाइएको छ।
पछिल्ला केही दिनदेखि सरकारले अघि सारेका विधेयक र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्दो छ। अनुशासन आयोगद्वारा गरिएको कारबाहीले इतर पक्ष थप असन्तुष्ट बनेको बताइएको छ।

यस्तै असन्तुष्टि चुलिंदै गइरहेका बेला सभापति देउवाले बैठक आह्वान गरेका हुन्। नेताहरू सरकारप्रति कठोर धारणा राखिरहेका बेला देउवा भने अझै सरकारप्रति नरम देखिएका छन्।



प्रतिकृया