• २२ भदौ २०८३, सोमबार
  • ३ः५९ राती

नेप्से ४.४८ अंकले उकालो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ श्रावण ८ गते, बिहीबार ०३:१८

श्रावण ८,२०८२ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४.४८ अंकले वृद्धि भई २९८३ बिन्दुमा पुगेको छ। बिहीबार भएको कारोबारमा ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा कुल १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ।

National Life

आजको कारोबारमा पाँच उपसूचकमा हरियाली देखिएको छ। विशेष गरी विकास बैंक समूह १.५० प्रतिशतले र जलविद्युत (हाइड्रोपावर) समूह १.९९ प्रतिशतले उकालो लागेको छ। बिहीबार १२३ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १२७ कम्पनीको मूल्य घटेको छ। बजारको सामान्य सुधारले लगानीकर्तामा केही सकारात्मक संकेत देखिएको विश्लेषकहरूको भनाइ छ।

प्रतिकृया