• २ असोज २०८३, शुक्रबार
  • १ः११ दिउँसो

तरुण दलका अध्यक्ष थापाका पिताको निधनमा नेताहरुद्धारा शोक ब्यक्त

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ११:३८

भक्तपुर, नेपाल तरुण दलका भक्तपुर जिल्ला अध्यक्ष राजु थापाका पिता लालबहादुर थापाको निधन भएको आज नवौं दिन भएको छ ।

National Life

अध्यक्ष थापाका पिता लालबहादुरको ७१ बर्षको उमेरमा निधन भएको हो ।
स्व थापाको निधनमा नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व गृहमन्त्री पुर्णबहादुर खड्का लगायतका नेता तथा कार्यकर्ताले हार्दिक श्रदान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गर्नुभएको छ ।

श्रद्धान्जली तथा समवेदना ब्यक्त गर्नका लागि कांग्रेस महामन्त्री खड्का,भक्तपुर क्षेत्र नम्बर २ का प्रदेश क्षेत्र ख मध्यपुर थिमिका केन्द्रीय प्रतिनिधि समिता खड्गी श्रेष्ठ,नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा,पुर्व सांसद होमराज दाहाल, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायत प्रदेश क्षेत्रका सभापति ,नगर सभापति तथा महिला तथा तरुण नेता लगायत शुभचिन्तक थापा निवास कटुन्जे पुग्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँहरुले निवासमा पुगेर स्व.थापाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी श्रदान्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त थापा परिवारप्रति हार्दिक समबेदना प्रकट गर्नुभएको थियो ।

लामो समय राष्ट्रसेवामा जीवन ब्यतीत गर्नु भएका स्व. लालबहादुर थापाका श्रीमति शारदा, एक छोरा राजु ,दुई छोरी हुनुहुन्छ । बिक्रम संवत २००६ साल भदौ २६ गते यस धर्तीमा पदार्पण गर्नुभएका समाजसेवी लालबहादुरको गत भदौ ३१ गते निधन भएको हो ।

प्रतिकृया