राजनीतिमा सक्रिय हुँदै पूर्वराष्ट्रपति भण्डारी, सबै सरकारी सेवासुविधा फिर्ता गर्ने
प्रकाशित मिति
२०८२ असार १६ गते, सोमबार ०३:०६
असार १६ , २०८२ काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफूले पाउने सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छिन्।

श्रोतका अनुसार, भण्डारीले शीतल निवास छाडेपछि पूर्वराष्ट्रपतिको हैसियतमा पाउने विभिन्न सेवा सुविधा छाड्ने निर्णय गरिसकेकी हुन्। उनी आफ्नै निजी निवास फर्किएकी छन्। अब बाँकी रहेका सुविधा पनि आगामी १ साउनदेखि लागू हुने गरी फिर्ता गर्ने तयारी भइरहेको छ।
उनकै निकट स्रोतका अनुसार, “अहिले सरकारले उहाँलाई दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा, र इन्धन खर्च व्यहोर्दै आएको छ। यस्ता सबै सुविधा फिर्ता गर्न पत्र पठाउने तयारी भइरहेको छ।”

पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेपछि सरकारबाट प्रदान हुने तलब, निवास खर्च लगायत सुविधा नलिएको श्रोतले जनाएका छन्।



प्रतिकृया