• २१ भदौ २०८३, आइतबार
  • ४ः०० बिहान

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

प्रकाशित मिति

२०८२ असार १६ गते, सोमबार ०३:१२

असार १६ , २०८२ काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउने नीति अनुसार फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल ट्रेड क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

National Life

यस नयाँ सेवाअन्तर्गत ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ भित्र ‘महालक्ष्मी फोन पे क्रेडिट कार्ड’ विकल्पमार्फत कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न र अनलाइन किनमेलको भुक्तानी गर्न सक्नेछन्।

यस भर्चुअल क्रेडिट कार्डमा भौतिक क्रेडिट कार्डमा जस्तै ४५ दिनसम्मको ब्याजमुक्त अवधि र लचिलो किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ। भौतिक कार्डको आवश्यकता नभएकोले कार्ड बोकेर हिँड्नुपर्ने झन्झट पनि अन्त्य हुनेछ। साथै, सेवा सुरूवातसँगै भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) अफर पनि दिइनेछ, जसले ग्राहकलाई थप लाभ पुग्नेछ।

Classic Tech Desktop

नेपालका विकास बैंकमध्ये डिजिटल नवप्रवर्तनमा अग्रणी रहेको महालक्ष्मी विकास बैंक यो सेवा सञ्चालन गर्ने पहिलो विकास बैंक बनेको छ। यस सुविधाले बैंकको डिजिटल सेवा अझै ग्राहकमैत्री र प्रविधि केन्द्रित बन्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकले आगामी दिनमा पनि आफ्नो मोबाइल एप्लिकेशनलाई निरन्तर परिष्कृत र सुधार्दै डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया