• ६ असोज २०८३, मंगलबार
  • १२ः२३ दिउँसो

एसीसी यु–१९ एसिया कपः श्रीलंकासँग भिड्दै नेपाल

प्रकाशित मिति

२०८१ मंसिर १४ गते, शुक्रबार १०:३४

मंसिर १४, २०८१ काठमाडौँ: एसीसी यू-१९ एसिया कपअन्तर्गत आज आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग भिड्दै छ। यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार अहिले बिहान १०:४५ बजे सुरु हुने छ।

National Life

नेपाली टोली हेमन्त धामीको कप्तानीमा मैदान उत्रनेछ। टोलीलाई शक्ति गौचनले प्रशिक्षण दिएका थिए। नेपाल गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर एसिया कपका लागि छनोट भएको हो।

नेपाल रहेको समूह बीमा श्रीलंकासहित बंगलादेश र अफगानिस्तान छन्। समूह एमा भारत, पाकिस्तान, जापान र आयोजक यूएई छन्। आजै हुने उद्घाटन खेलमा समूह एका अफगानिस्तान र बंगलादेश भिड्दै छन्। यो खेल पनि नेपाली समयानुसार बिहान पौने ११ बजे नै सुरु हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले समूह चरणको दोस्रो खेल आइतबार बंगलादेशविरुद्ध खेल्नेछ। मंगलबार हुने समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानविरुद्ध मैदान उत्रनेछ। समूह चरणका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल डिसेम्बर ८ मा हुनेछ।

प्रतिकृया