• ६ असोज २०८३, मंगलबार
  • ३ः४१ दिउँसो

झापामा तयार भयो रुद्राक्षको दानाबाट ५१ फिट अग्लो शिवलिंग

प्रकाशित मिति

२०८१ मंसिर १४ गते, शुक्रबार १०:३१

मंसिर १४, २०८१ झापा : झापाको शताक्षीधाममा धार्मिक पर्यटकलाई आकर्षित गर्न नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिंग निर्माण भएको छ।

National Life

यो शिवलिंगलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिंग मान्न थालेका छन्। गोलोक गोवर्धन गौशालाले यो शिवलिंग निर्माण गरेको हो।

नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, गान्टोकलगायतका ठाउँबाट रुद्राक्ष संकलन भएको गोवर्धन गौशालाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

योसँगै भारतकै मणिपुर र आसाम राज्यबाट पनि रुद्राक्ष संकलन भएको छ । गौशालाका अनुसार भुटान, बर्मालगायतका मुलुकबाट पनि रुद्राक्ष संकलन भएर आएको थियो ।

गएको असार ३ गते अर्थात् असारको निर्जला एकादशीका दिनदेखि निर्माण सुरु भएको यो शिवलिंग १५१ दिनमै निर्माण भइसकेको बताइएको छ ।

गौशालाका अनुसार मंसिर १७ गते यो शिवलिंगको भव्य धार्मिक सभाका बीच उद्घाटन हुनेछ । उद्घाटनका लागि नेपाल भारतलगायत अन्य मुलुकका सयौं धार्मिक व्यक्तित्वको शताक्षीधाम क्षेत्रमा आवागमन हुन थालेको छ।

गौशालाले दिएको जानकारी अनुसार शताक्षीधाम परिसरमा निर्माण भएको ऐतिहासिक शिवलिंगको चतरा धामका पीठाधीश बालसन्त मोहनशरण देवाचार्यले अनावरण गर्ने कार्यक्रम छ।

प्रतिकृया