• ५ साउन २०८३, मंगलबार
  • ६:०७ बेलुका

रोनाल्डोको दुई गोलमा अल नासर विजयी

प्रकाशित मिति

२०८१ मंसिर ११ गते, मंगलवार ११:४१

मंसिर ११, २०८१ काठमाडौँ: एएफसी च्याम्पियन्स लिग अन्तर्गत अल नासरले कतारको क्लब अल घराफालाई पराजित गरेको छ । गएराती कतारमै सम्पन्न खेलमा अल नासरले अल घराफालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने एक गोल एन्जेलो गाब्रियलले गरेका थिए । त्यसैगरी अल घराफाका लागि एक गोल जोसेलुले गरेका थिए । त्स्य्तई यस खेलमा खेलको ८४औ मिनेटमा सेयडोउ सानोले रातो कार्ड पाउदाअल घराफा १० खेलाडीमा सिमित भएको थियो ।

Kamana Sewa

यो जितपछि अल नासरको ५ खेलमा १३ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

Classic Tech Desktop

त्यसैगरी अल घराफाको भने ५ खेलमा ४ अंक मात्र रहेको छ र आठौँ स्थानमा छ ।

प्रतिकृया