• ८ असार २०८३, सोमबार
  • १२:०९ बेलुका

महेश्वर चन्द्र प्रधान लाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्री को कृति विमोचन !

प्रकाशित मिति

२०८१ आश्विन ९ गते, बुधबार ११:५६

असोज ९ , २०८१ काठमाडौँ: नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति “साना निबन्ध ” को विमोचन गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उक्त कृतिलाई पहिलोपटक सार्वजनिक गर्नुभएको हो। किताबको प्रकाशकमा प्रा. पुन्य खत्री तथा सिद्धार्थ पब्लिक एकेडेमी का प्रधानाध्यापक अन्जु थापा हुनुहुन्छ । सोही समारोहबीच लामो समय देखि लेखन तथा अनुसन्धान दाताको रूपमा राष्ट्रसेवामा अर्पित महेश चन्द्र प्रधानलाई सम्पदा सम्मान समेत प्रदान गरियो। सम्पदा अनुसन्धान सदनका अध्यक्ष समेत रहनुभएका प्रा.डा. प्रेम खत्रीले २५ हजार रूपैयाँ राशि समेत रहेको उक्त सम्मानवाट महेश चन्द्र प्रधानलाई सम्मानित गर्नुभएको हो।सदनको वार्षिक साधारण सभासमेत सोही समारोबीच सम्पन्न गरिएको थियो भने अन्जु केसीले कार्यक्रम होस्ट गर्नुभएको थियो।

प्रज्ञा प्रतिष्ठानका कुलपति कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रतिष्ठानका सदस्य सचिव तथा प्राज्ञहरूको स्फुर्त सहभागिता कार्यक्रममा देखिन्थ्यो। नेपालको संस्कृति एवं सम्पदा जगेर्नामा गर्न सकिने योगदान तथा उपलब्धिको विषयमा कार्यक्रममा छलफल भएको थियो। कुलपति भुपाल राईले प्रा.डा. प्रेम कुमार खत्रीले नेपालको संस्कृतिमा पुर्‍याउनु भएको योगदान, उहाँको शोध तथा अनुसन्धान, प्रज्ञा प्रतिष्ठानकै सहकार्यमा छापिएका उहाँका ठूला कृतिहरू आदिको समेत चर्चा गर्नुभएको थियो। सम्पदा अनुसन्धान सदनका उपाध्यक्ष प्रा.डा. भवेश्वर पङ्गेनीले नेपालको संस्कृति लिखतमा भन्दा पनि धेरै यहाँका व्यक्तिअरुको अभ्यासमा रहेको र त्यस्ता व्यक्तिको भौतिक उपस्थिति गुम्न जाँदा सिंगो अध्याय नै समाप्त हुने हुँदा यसलाई लिपिबद्ध गर्न अत्यन्तै जरुरी भएको बताउनुभयो भने ८१ वर्ष पुग्न लाग्दा समेत योगदानको क्रमलाई जारी राख्दै आफ्ना निजी बासस्थानलाई समेत सार्वजनिकरण गर्दै सम्पदा अनुसन्धान सदनको स्थापना गर्दै पुस्तकालय एवं विद्यार्थी तथा शोधकर्ताहरूका लागि निशुल्क बासस्थानको स्थापना गर्नुभएकोमा प्रा.डा खत्रीको प्रशंसा गर्नुभयो।

Kamana Sewa

यसै क्रममा त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्व विभागीय प्रमुख प्रा.डा. वीणा पौड्यालले नेपालको संस्कृति एवं अध्ययनमा अतुलनीय योगदान दिनुभएका प्रा.डा. प्रेम कुमार खत्री शताब्दी पुरुष सत्यमोहन जोशी पछिकै महत्वपूर्ण व्यक्तित्व रहेको बताउँदै उहाँलाई सो स्तरकै सम्मान दिलाउनुपर्नेमा समेत जोड दिनुभयो।नेपालका प्राज्ञिक क्षेत्रका विभिन्न प्रतिष्ठित पदमा समेत बसी योगदान दिनुभएका प्रा.डा. खत्रीले आफ्नो जीवनको ६० वर्षभन्दा लामो समय शिक्षण सेवामा अर्पण गर्नुभएको छ भने उहाँको अनगिन्ती प्रकाशित उत्कृष्ट कृतिहरूवाट विद्यार्थी, सोधार्थी तथा संस्कृत विषय तथा नेपालको संस्कृति र सम्पदामा चासो राख्ने व्यक्तित्वहरूले फाइदा लिइरहेका छन्। हाल नेपालको प्राज्ञिक क्षेत्रमा देखिएको विचलनलाई सन्तुलनमा ल्याउन प्रा. डा. प्रेम खत्री अग्रपंक्तिमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै हुनुहुन्छ।

Classic Tech Desktop

प्रतिकृया