• ७ असोज २०८३, बुधबार
  • ९ः२६ राती

रिलायन्स फाइनान्सको साधारण सभा भदौ २० गते, बुक क्लोज कहिले ?

प्रकाशित मिति

२०८१ श्रावण ३० गते, बुधबार १२:०१

साउन ३०, २०८१ काठमाडौँ: रिलायन्स फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको साउन २९ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार भदौ २० गते अनुपम फुड ल्याण्ड एण्ड व्याक्वेट, बत्तीसपुतली, गौशालामा बस्ने गरी सभा आह्वान गरेको हो ।

National Life

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७९/०८० को चौँधौँ वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

यस संस्थाको लेखापरीक्षण समितिको सिफारिश बमोजिम साविकका लेखापरिक्षक सुन्दर एण्ड कम्पनी लाई आगामी आर्थिक वर्ष आ।व। २०८०/८१ का लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट लेखापरिक्षकमा नियुक्त गरेकोलाई अनुमोदन गर्ने सभाको एजेण्डा रहेको संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, सभामा यस रिलायन्स फाइनान्स तथा अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने ९मर्जर०, प्राप्ती तथा विलय गर्न उपयुक्त देखिएमा मर्जर प्राप्ति वा विलय गर्न, डीडीए गर्न, नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्नेछ ।

सभा प्रयोजनका लागि भदौ ७ गते एक दिन संस्थाको सेयरधनी दर्ता किताब बन्द गते संस्थाले जनाएको छ ।

प्रतिकृया