• ६ असोज २०८३, मंगलबार
  • ४ः०६ बेलुका

रोनाल्डोबिना पोर्चुगलको सहज जित

प्रकाशित मिति

२०८० चैत्र ९ गते, शुक्रबार १०:३०

चैत्र ९, २०८० काठमाडौँ: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले स्वीडेनविरुद्ध ५–२ को सहज जित निकालेको छ । बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा पोर्चुगललाई जित दिलाउन रफायल लियो, मेथुअस नुनेज, ब्रुनो फर्नान्डेज, ब्रुमा र गोन्कालो रामोसले गोल गरे । स्वीडेनका भिक्टोर ग्याकेरेस र गुस्ताफ निल्सोनले गोल फर्काए पनि टिमको हार टार्न भने सकेनन् ।

National Life

नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना नै मैदान उत्रिएको पोर्चुगलले २४औँ मिनेटमा लियोको गोलमा अग्रता बनाएको थियो । ३३औँ मिनेटमा नुनेजले घरेलु टिमको अग्रता दोब्बर बनाए । ४५औँ मिनेटमा फर्नान्डेजले टिमका लागि तेस्रो गोल गरेपछि पहिलो हाफमा पोर्चुगलले ३–० को अग्रता बनाएको थियो ।

५७औँ मिनेटमा ब्रुनाले गोल गरेपछि पोर्चुलले अग्रतालाई ४–० मा पुर्याएको थियो । तर, त्यसको अर्को मिनेटमा ग्याकेरेस स्वीडेनबाट एक गोल फर्काएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

६१औँ मिनेटमा रामोसले गोल गरेपछि पोर्चुगलले अग्रतालाई बढाउँदै ५–१ मा पुर्याएको थियो ।

खेलको अन्तिम मिनेटमा स्वीडेनबाट निल्सनले दोस्रो गोल फर्काएका थिए ।

प्रतिकृया