• ६ असोज २०८३, मंगलबार
  • ८ः१४ राती

आठौँ भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८०/०८१ सम्पन्न हुने

प्रकाशित मिति

२०८० चैत्र ९ गते, शुक्रबार १०:३९

चैत्र ९, २०८० काठमाडौँ: नयाँ वर्षको आगमनसंगै लामो समयदेखि विभिन्न जिल्लामा औधोगिक तथा व्यापार महोत्सव गर्दै आएको ुऔधोगिक शान्ति नेपाल संस्थाु र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा आठौँ भक्तपुर औधोगिक साँस्कृक्तिक पर्यटन तथा व्यापार मेला २०८०र०८१ को आयोजना गर्ने जमर्को गरेको छ । भक्तपुरमा यसअधि सातौ पटक औधोगिक तथा व्यापार महोत्सव सफलता पूर्वक सम्पन्न भइसकेको छ ।

National Life

ऐतिहासिक, साँस्कृक्तिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारी तीनकुने स्थित १०८ रोपनी चौरमा विगत वर्षहरमा जस्तै विशाल रुपमा यही चैत २२ गते बिहिबारदेखि २०८१ साल बैशाख २ गतेसम्म ११ दिने महोत्सवको आयोजना गर्ने भएको हो

यस महोत्सवमा २०० भन्दा बढी स्टल रहने छ भने करिब पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन हुने र १० देखि १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ आयोजकले जनाएको छ । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि राखिने बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

औधोगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रविधिको प्रर्दशनी, प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी एवं बिक्रीका लागि रहनेछ ।

एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव, दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, फेशन ऱ्याप तथा नृत्यहरु, नृत्य प्रतियोगिता, विभिन् ख्याती प्राप्त कलाकारहेका बेजोड प्रस्तुतीले महोत्सवलाई थप आकर्षण हुनेछ । ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा गीत गायनको बजेट प्रस्तुती रहने छ ।

मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्नेछन् । महोत्सबलाई व्यबस्थित गर्न रु। ५० र रु। ७० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । यद्यपी विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यबस्था गरिएको छ । महोत्सवकै अवसरमा नयाँ वर्षको सन्दर्भ पारेर वैशाख ३ गते भने ख्याती प्राप्त गायक गायिकाको बेजोड प्रस्तती, बिभिन्न ख्याती प्राप्त कलाकारहरुको कमेडीसहितको विशेष साँस्कृतिक कार्यक्रम हुनेछ ।

प्रतिकृया