नयाँ दिल्लीका मुख्यमन्त्री केजरिवाल परे पक्राउ, जेलबाटै सरकार चलाउने !
प्रकाशित मिति
२०८० चैत्र ९ गते, शुक्रबार ०८:५०
चैत ९, २०८० काठमाडौँ: भारतको नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) नेता अरविन्द केजरिवाल बिहीबार पक्राउ परेका छन् ।
उनलाई अन्तःशुल्क नीति सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा इन्फोर्समेन्ट डायरेक्टोरेट (प्रवर्तन निर्देशनालय) (ईडी) ले पक्राउ गरेको हो ।
दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ ।
केजरिवाल पदमै रहँदा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो ।
दिल्लीकी मन्त्री एवं आप पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरिवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् ।
“उहाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा जारी रहनुहुनेछ । यदि आवश्यक पर्यो भने उहाँले जेलबाट नै सरकार चलाउनुहुनेछ । उहाँलाई जेलबाट सरकार चलाउनबाट रोक्ने त्यस्तो कुनै नियम छैन,” अतिशीले राष्ट्रिय राजधानी दिल्लीमा पत्रकारहरूसँग बोल्दै भनेकी छन् ।
प्रतिकृया