• ५ साउन २०८३, मंगलबार
  • ५:११ बेलुका

मालुङ्गामा नेपाल टेलिकमको एफटिटिएच सेवा

प्रकाशित मिति

२०८० पुष २२ गते, आईतवार ०३:२४

पुस २२, २०८० काठमाडौँ: नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवा मार्पmत मालुङ्गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अव उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्नेछन् । एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएस देखि १ जिविपिएस स्पिड क्षमता सम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनिय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए ।

मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।
त्यसैगरि, हाल वितरण गरिएको एनटिफाइबर सेवा मार्पmत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन, तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्पmत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ ।

Kamana Sewa

एफटिटिएच सेवामा गुणस्तरियता र विश्वसनियता दुबै रहेकाले गल्याङ कार्यालय मार्पmत करिब १३ किलोमिटर परको दुरीमा विस्तार गरि प्रथम पटक मालुङ्गामा ल्याण्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणि प्रसाद बश्यालले बताए ।

Classic Tech Desktop

प्रतिकृया