• 8:51 pm

अवैध लागु औषध गाँजा मिसाई केक तयार गरी Online मार्फत युवा लक्षित कारोवार गर्ने १ जना मानिस पक्राउ

प्रकाशित मिति

२०८० पुष २२ गते, आईतवार ०३:१९

पुस २२, २०८० काठमाडौँ: Insatgram मार्फत bamb.oong_nepal नामक Account बनाई अवैध लागु औषध प्रयोग गरी Muffin लगाएत केक बनाई बिक्री वितरण गर्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीद्वारा मिति २०८०।०९।२० गते का.म.न.पा. २९ घट्टेकुलो बस्ने बर्ष २६ को विशन मानन्धरलाई का.म.न.पा. २९ घट्टेकुल स्थित निजकै घरबाट पक्राउ गरिएको छ । निजको घर-कोठा खान तलासीको क्रममा गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, ला.औ. गाँजा ३ केजी ७५४ ग्राम,सेतो रंगको डिजिटल तराजु थान- १,ईलेक्ट्रिक ओभन थान- १,ग्लोबल आई.एम.ई. बैंकको ATM थान- १, Bakers Creation Pvt. Ltd को भौचर थान- १ ,काठको ट्रे थान- १, केक बनाउने ट्रे थान- २, चकलेट चिप्सको बट्टा थान- १, चकलेट फ्लेबरको बोटल थान- ५,अर्डरको सामान डेलिभरी गर्ने निलो र रातो रंगको हाते झोला, चकलेट टपिंङ बोटल थान- १, चकलेट कपको बण्डल थान- २, Edible Lase बट्टा थान- १, ब्रेड क्रम्स प्याकेट थान- १, चकलेट पाउडर प्याकेट थान- १, चोको चिप्स प्याकेट थान- १,चोको चिप्स बट्टा थान- २, चकलेट मोल्ड थान- २,चकलेट पाउडरको बट्टा थान- १, ओभन पञ्जा १ जोर, स्टिकर थान- १,मैदाको (पिठो) बट्टा थान- ५ ( ठुलो २ र सानो ३), चकलेट स्प्रिङकल बट्टा थान- १, Bamb.oong नामको छाप थान- १,चिनीको बट्टा थान- १, चकलेट प्याकिङ गर्ने सिल्भर पेपरको झोला थान- १, पानी टेपको रोल थान- १ समेत बरामद गरिएको छ ।

  • पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई Online delivery मार्फत आफ्नो अवैध कारोवार संचालन गरिरहेका थिए ।
  • bamb.oong_nepal नामक पेजका Followers हरु ६१४ जना रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
  • अनुसन्धानको क्रममा यस व्यूरोले निज विशन मानन्धरले Online मार्फत बिक्री वितरण गर्ने गरेको गाँजा मिसाई तयार गरिने केकहरुको मेनु समेत फेला पारेको छ । जसमा THE EPIPHANCY BREAD, HAPPY CUPS, BUZZ LIGHTYEAR, NASTY CANDY लगायत विभिन्न प्रकारका रहेका छन् ।
  • आफ्नो अवैध कारोवारलाई गोप्य रुपमा संचालन गर्न Dark Web मार्फत निजले आफ्नो bamb.oong_nepal पेज Follow गर्ने विश्‍वासिला व्यक्तिहरुलाई मात्र Indrive मार्फत केकहरुको delivery गर्ने गरेको खुल्न आएको छ ।

प्रतिकृया