विनायकमा लागु औषधी विषयमा अभिमुखीकरण कार्यक्रम
प्रकाशित मिति
२०७६ भाद्र २ गते, सोमबार ११:०१
भक्तपुर, मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई. सेकेण्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि लागुपदर्थ दुव्र्यशन र महिला हिंसाका सम्बन्धमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो ।
विद्यालय, महानगरीय प्रहरीवृत ठिमी र मध्यपुर चेतनशील युवा क्लवको संयुक्त पहलमा विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसन र यसबाट कसरीबच्ने तथा घरेलु हिंसा र महिला हिंसाबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा भएको सो अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुले आफ्ना धारणा र दृष्टिकोणसमेत राखेका थिए ।

कक्षा ११ की छात्रा रोमिन लामाले आफ्नो दृष्टिकोण राख्दै शुरु भएको उक्त कार्यक्रममा महानगरीय प्रहरीवृत ठिमीका इन्स्पेक्टर पञ्चलाल गोले र स. इ. सिर्जना पोखरेल द्धारा भयावह समस्याका रुपमा समाजमा देखापरेको लागुपदनर्थ दुव्र्यशन र महिला हिंसाका विषयमा समयमै सजग रहन सबैलाई सचेत पार्नुभयो ।





प्रतिकृया