पत्रकारलाई कार्यकक्षबाट नियन्त्रणमा लिएर मापदण्ड मिचेको मिडिया सोसाइटीको ठहर
प्रकाशित मिति
२०७६ श्रावण ३२ गते, शनिबार १०:१७
नेपाल मिडिया सोसाइटीले न्युज ट्वान्टी फोका पत्रकारहरूलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीका महासचिव मदन लम्सालले जारी गरेको विज्ञप्तिमा कार्यकक्षभित्र प्रवेश गरेर नियन्त्रणमा लिएको विषयले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मापदण्ड मिचेको ठहर गरेको छ । मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिमा बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा ठुलो सङ्ख्यामा प्रहरीहरू उक्त सञ्चार गृहको सम्बन्धित अधिकारीहरूलाई कुनै पूर्व सूचना नदिई र बिना अनुमति अचानक कार्यकक्षमा प्रवेश गरी पत्रकारहरू पक्राउ गरेको जानकारी प्राप्त भएको उल्लेख छ ।
सोसाइटीले यस्तो कार्यको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मापदण्ड मिचेर प्रहरीले गरेको यो अवैधानिक कार्यको नेपाल मिडिया सोसाइटी खेद व्यक्त गर्दछ भनेको छ । ‘यस्ता कार्यले सूचनाको निर्बाध सम्प्रेषण गर्न पाउने सञ्चार माध्यमको नैसर्गिक अधिकार असुरक्षित र हनन भएको पनि हामीले ठानेका छौँ सोसाइटीको विज्ञप्ति भनिएको छ ।
सोसाइटीले प्रहरीको कार्य क्षेत्रभित्र पर्ने कुनै पनि घटनाका सम्बन्धमा उसले कानुनी रूपमा निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिन गर्न पाउँछ र पाउने जनाएको छ । ‘विधिको शासनलाई यस संस्थाले पनि सधैँ सम्मान गरेको र गर्दै जाने कुरामा हामी विश्वास दिलाउँछौ’ सोसाइटीले भनेको छ ।





प्रतिकृया