• १ असोज २०८३, बिहीबार
  • २ः५७ दिउँसो

दाङमा फर्निचर उद्योगमा आगलागी

प्रकाशित मिति

२०७६ श्रावण ३२ गते, शनिबार ०९:५७

दाङ, दाङको लमहीमा रहेको एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । लमही नगरपालिका वडा नम्बर ५ मा रहेको विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ६५ लाखको क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले जानकारी दिनुभएको छ ।

National Life

मध्यरातमा आगो लाग्दा निभाउन कठिन भएको र क्षति बढी भएको सञ्चालक आचार्यले बताउनुभयो । विद्युत सर्ट हुँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ । लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरीको सक्रियतमा आगो निभाइएको थियो ।

प्रतिकृया