• ३ असोज २०८३, शनिबार
  • १०ः३९ राती

श्रीमान द्धारा श्रीमतीको हत्या

प्रकाशित मिति

२०७६ श्रावण ३२ गते, शनिबार ०९:४३

पर्सा, पर्साको कालिकामाई–५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीय ३५ वर्षीया संगीतादेवी कुर्मीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार घटनामा संलग्न भएको आरोपमा कुर्मीका श्रीमान् मुक्ति नारायण राउत कुर्मीको खोजी भइरहेको छ ।

National Life

नारायणले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना भएको वेला ३ जना छोराछोरी साथमै थिए । कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया