पाटन दरबार क्षेत्रका मन्दिरहरूको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक(फोटो सहित)
प्रकाशित मिति
२०८० श्रावण २१ गते, आईतवार ०३:४०
मातृभूमि संवाददाता
२१ श्रावण २०८०, काठमाडौँ: ललितपुरको पाटन दरबार क्षेत्रका मन्दिरहरूको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । पाटन दरबार क्षेत्रमा रहेकाे विश्वनाथ मन्दिर र हरिशंकर मन्दिरको माथिल्लो तलामा प्रवेशका लागि ललितपुर नगर प्रहरीले प्रवेशमा रोक लगाएको नगर प्रहरी समिर महर्जनले मातृभूमि संवाददातालाई बताए ।
पर्यटक र भक्तजनहरुले मन्दिरको आसपास सर्वसाधारण/युवायुवतीले अनैतिक क्रियाकलाप गरेकाे भन्ने गुनासाे आए पछि महानगरकाे निर्देशनमा राेक लगाएको नगर प्रहरीले बताए ।
उनले भने ‘ मन्दिरकाे माथिल्लो तलामा गएर युवायुवतीले अंकमाल र चुम्बन गरेर बसेको भिडियोहरू सार्वजनिक भएपछि र यहाँ अएका पर्यटकहरुले पनि फोटो खिच्दा मान्छेको टाउको मात्र आएकाे भनेर गुनासो गरे पछि राेक लगाएको हाे।’ ‘भक्तजनहरूले यसरी माथि चढेर बस्दा मूर्ति खुट्टामुनि पर्ने गरेकाे र परिवारका सदस्यसहित घुम्न आउनेहरुले अप्ठेरो महसुस भएकाे गुनासाेमा मेयर साबको निर्देशनमा हामीले ती मन्दिरमा प्रवेशमै रोक लगाएको हो’ उनले बताए।
यसै गरी त्यहाँ बाहिरी फोटो लिनकाे लागि कुनै प्रतिबन्ध नरहेकाे तर मनाेरञ्ज क्रियाकलाप जस्तै टिकटक बनाउने देखि पर्यटकलाई बाधा पुग्ने कुनै पनि काम गर्न प्रतिबन्ध गरिएकाे हाे ।
कृष्ण मन्दिर दर्शनमा भने कुनै प्रतिबन्ध नलगाइएकाे उनले बताए । मन्दिर परिसरमा नगर प्रहरीले गस्ती गरि रहेकाे र बेलुमा पनि नगर प्रहरीले गस्ती गर्ने गरेकाे बताए ।









प्रतिकृया