
२१ श्रावण २०८०, काठमाडौँ: आज (आइतबार) नेप्सेमा व्यापक गिरावट आएको छ । आज ३८.३७ अंकले नेप्से घट्दा इन्डेक्स भने २०५१.४७ विन्दूमा कायम हुन पुगेको हो । नेप्से घटेपनि आज कारोबार रकम गत साताको तुलनामा केहि उक्लिएको छ । आज २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार माथिको कारोबार भएको हो ।
आज १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज सानिमा बैंकको कारोबार अब्बल रह्यो । नेप्सेमा पहिरो आएसँगै सबै सूचक राताम्मे देखिएको छ ।
आज आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, कृषि विकास बैंक, पिपल्स पावर कम्पनी, नेपाल एसबिआई बैंकको डिभेन्चर लगायतको सेयरमूल्य बढेको छ ।
सेयर बजारमा आज व्यापक गिरावट आएसँगै प्रोग्रेशिभ फाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, बेष्ट फाइनान्स, गणपति लघुवित्तलगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।
आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड ६९ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंक, एनआइसी बैंक, शिवम् सिमेन्ट, ग्लोबल आइएमई बैंक लगायतको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन्।
प्रतिकृया