• ४ असोज २०८३, आइतबार
  • १ः५९ दिउँसो

केदारनाथ पहिरोमा परेर बेपत्ता हुने जुम्लाका ११ जनाको पहिचान खुल्यो

प्रकाशित मिति

२०८० श्रावण २१ गते, आईतवार ०४:२५

२१ श्रावण २०८०, सिमकोट:  भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका जुम्ला जिल्लाका ११ जनाको परिचय खुलेको छ। एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो।

National Life

बेपत्ता हुनेमा पातारासी–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय अमर बोहोरा, उनकी श्रीमती अनिता बोहरा, ११ वर्षीया छोरी सलिता बोहोरा, नौ वर्षीया छोरी पिंकी बोहोरा, सात वर्षीया छोरी प्रीति बोहोरा, चार वर्षीय छोरा जटिल बोहोरा, दुई वर्षीय छोरा ओकिल बोहोरा, पातारासी–३ का ३८ वर्षीय बम बोहोरा र ४६ वर्षीय सुकराम रावत रहेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले जानकारी दिए।

पहिरोमा बेपत्ता भएकामध्ये कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शनिवार पहिचान खुलेको थियो। बिहीवार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा नेपालीसहित १९ जना बेपत्ता भएका थिए। बेपत्ताको खोजी भइरहेको छ। यसअघि पातारासी गाउँपालिका– २ र ३ कै तीन जना मृतकको सनाखत भइसकेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया