तीन महिने अभियानका क्रममा प्रचण्ड आफैं ७ वटा वडामा जाने

प्रकाशित मिति

२०८० श्रावण २१ गते, आईतवार ०४:५१

prachanda

२१ श्रावण २०८०, काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानका क्रममा आफैं वडासम्म जाने बताएका छन् ।


आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताए । ‘गत २ महिना अभियान परिणामको आशा गरेर होइन, पठाइदिउन त भनेर हो’ उनले भने, अब ३ महिना त्यस्तो होइन । म आफैं ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।’


उनले आफू पनि अभियानअन्तरगत सात प्रदेशका ७ वडामा जाने बताए । अभियानबाट एउटा पनि जनताको घर नछाड्ने र पार्टीलाई गति दिने प्रचण्डले बताए । ६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गर्ने समेत उनले बताए ।

प्रतिकृया