सीटिइभिटीद्वारा नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशित (सुचना सहित)
प्रकाशित मिति
२०८० असार २९ गते, शुक्रबार ०२:२५
सुवास कुवँर
२९ असार २०८० भक्तपुर: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट संचालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा शैक्षिक सत्र २०८०/८१ मा परिषदबाट संचालन सम्बन्धन/स्वीकृति पाएका आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) र नीजि तथा भर्ना सम्बन्धी निर्देशिका २०८०” बमोजिम पूर्ण शुल्कीय तर्फका विभिन्न कार्यक्रम र कोटाहरुमा विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०८० श्रावण १२ गते भित्र रितपूर्वक आवेदन फाराम भर्न भराउनु सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
एसईई/एसएलसी/प्रि डिप्लोमा/प्राविधिक एस.एल.सी. तह उत्तीर्ण भएका विद्यार्थीहरुले पेश गरेका शैक्षिक योग्यता वापत प्रदान गरिने अंक र प्रवेश परीक्षामा प्राप्त गरेको अंकको योगफल अनुसार कार्यक्रम र कोटाहरुमा योग्यताक्रमानुसार छनौट हुने पनि सीटिइभिटीले जनाएको छ । साथै यस सम्बन्धी विस्तृत विवरण “डिप्लोमा तथा प्रमाणपत्र तहका प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८०” मा उल्लेख भएकोले www.ctevtexam.org.np मा राखिएको भर्ना सम्बन्धी निर्देशिका अध्ययन गर्न पनि अनुरोध गरेको छ ।
आवश्यक न्यूनतम शैक्षिक योग्यतामा प्रमाणपत्र तह नर्सिङका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्तङ्कमा ४५ प्रतिशत अंक प्राप्त वा एस.एल.सी. उत्तीर्ण भई परिषदबाट संचालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एसएलसी÷प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरि उत्तीर्ण गरेको हुनुपर्दछ । त्यस्तै प्रमाणपत्र तह नर्सिङ्क बाहेकका अन्य सम्पूर्ण कार्यक्रमहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा परिषदबाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एसएलसी/प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यसैगरी वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटाको लागि सम्वन्धन स्वीकृत पाएका कार्यव्रmमहरुमा १०५ सिटहरु छुटयाइएको छ । यसको लागि सरकारी वा सामुदायिक तथा परिषदका आंगिक शिक्षालयहरुबाट अध्ययन गरेका परीक्षार्थीहरुले छुटटै अनलाइन फर्म भर्नुपर्नेछ ।
त्यस्तै जेहेन्दार छात्रवृत्तिको सम्बन्धमा प्रत्येक शिक्षालयमा परीक्षार्थी भर्नाका लागि आवेदन फाराम भरेका पूर्ण शुल्किय लक्षित वर्ग कोटा र पूर्ण शुल्कीय खुला कोटाहरु मध्येबाट छनौट भएका परीक्षार्थीहरु मध्ये उच्चतम अंक प्राप्त गर्ने एक जनालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिने बताएकाे छ । यसरी छात्रवृत्ति पाउने विद्यार्थीसँग शिक्षालयले खाने बस्ने बाहेक अन्य कुनै पनि शुल्क लिन नपाउने बताएको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहको लागि प्रवेश परीक्षा शुल्क १,५०० तोकिएको छ भने फाराम वितरण मिति २०८० असार २९ गते शुक्रबारबाट शुरु हुनेछ भने फाराम बुझाउने अन्तिम मिटि २०८० श्रावण १२ गते शुक्रबार सम्म रहेको छ । प्रवेश परीक्षा सञ्चालन हुने मिति २०८० श्रावण २४ गते बिहान ८ः०० बजे रहेको छ ।
प्रि डिप्लोमा तहको प्रवेश परीक्षा शुल्क रु. ५०० तोकिएको छ भने फाराम वितरण मिति २०८० असार २९ गते शुक्रबारबाट शुरु हुनेछ भने फाराम बुझाउने अन्तिम मिटि २०८० श्रावण १२ गते शुक्रबार सम्म रहेको छ । प्रवेश परीक्षा सञ्चालन हुने मिति २०८० श्रावण २४ गते दिउँसो १ः०० बजे रहेको छ ।
प्रि डिप्लोमा तहमा पढाईने विषयहरु

डिप्लोमा तहमा पढाईने विषयहरु







प्रतिकृया