• १० साउन २०८३, आइतबार
  • २:०१ बेलुका

‘एमसिसी परियोजना भदौदेखि कार्यान्वयनमा’

प्रकाशित मिति

२०८० असार २६ गते, मंगलवार ०८:३०

२६ असार २०८०, काठमाडौँ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न मित्रराष्ट्र मुलुकसँग भएका विकास सम्झौता कार्यान्वयन चरणमा रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सोमबार उनले नेपाल र अमेरिकी सरकारको सहयोग अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अन्तर्गतको परियोजना भदौदेखि कार्यान्वयनमा जाने बताए।


परराष्ट्रमन्त्री साउदले पाँच वर्षमा सम्पन्न हुने गरी एमसिसी परियोजना सञ्चालन हुने जानकारी दिए। उनले चीन सरकारसँग भएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स परियोजना (बिआरआई) कार्यान्वयनका लागि थप छलफलको चरणमा सरकार रहेको बताए।

Kamana Sewa

उनले अहिलेसम्म यस परियोजना अन्तर्गत औपचारिक रूपमा कुनै पनि योजना सुरु भइनसकेको जानकारी दिए। सन् २०१७ मा नेपाल र चीन सरकारबिच बिआरआई सम्झौता भएको थियो । उनले भने, “प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नीति एकै छ । तपाईंहरूलाई विश्वस्त रहन आग्रह गर्छु ।”

Classic Tech Desktop

उनले परराष्ट्र नीति कुनै एक वा दुई दलको भन्दा पनि एउटै हुनुपर्नेमा जोड दिए। उनले रोकिएको सगरमाथा संवादलाई अगाडि बढाइने र परराष्ट्र मामिलाका विविध बौद्धिक विषयमा बहस र छलफल चलाउनेतर्फ काम भइरहेको जानकारी दिए। गोरखापत्र दैनिकबाट

प्रतिकृया