• २ असोज २०८३, शुक्रबार
  • ५ः२७ बेलुका

नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने : प्रचण्ड

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार १०:५८

१७ असार २०८०, भक्तपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनः नेकपा तिरै फर्कनुपर्ने बताएका छन् । आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताए ।

National Life

उनले नेकपा बन्दा जनतामा ठुलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको बताए । ‘तर दुर्भाग्य हामीले त्यो एकतालाई बचाउन सकेनौ । त्यो एकतालाई बचाएर राष्ट्र र जनताको हितमा, समाजवादको हितमा जाने प्रचुर सम्भावना थियो त्यो बचाउन सकिएन’, प्रचण्डले भने, ‘म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन ।’


उनले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने पनि बताए । ‘एकचोटी असफल भयो भन्दैमा हुँदैन । विश्वभरिकै समाजवादको आन्दोलनको इतिहास एकता सङ्घर्ष, विभाजन र रूपान्तरण फेरि एकता र सघर्ष भएर गुज्रँदै अघि बढेको छ । नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ’, प्रचण्डले भने, ‘आज हामीले फेरि एकचोटी विचार र चिन्तन गर्नुपरेको छ– कि हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन ?’

Classic Tech Mobile
Classic Tech Desktop

प्रचण्डले विचार र राजनीतिमा कहाँ त्रुटि थियो भनेर सबैले सोच्नुपर्ने पनि बताए । ‘अहिले हामी माधव नेपाल र विप्लवसहित मोर्चा बनाएर अघि बढ्ने जमर्को गरेका छौ । माधवजी र मैले फेरि नेकपा तिरै फर्कनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका पनि छौ’, प्रचण्डको भनाइ छ ।


उनले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्लेश्यले अघि बढ्नुको विकल्प नभएको दोहोर्‍याए ।

प्रतिकृया