• २ असोज २०८३, शुक्रबार
  • ७ः२२ बेलुका

जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ : माधव नेपाल

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार ११:२१

प्रतिष्ठानलाई स्वास्थ्य केन्द्र र आयुर्वेदिक अस्पताल बनाउने : नगर प्रमुख सुरेन्द्र श्रेष्ठ

National Life

१७ असार २०८०, काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज भक्तपुरमा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने र त्यसका लागि अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने उनले बताए ।


नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी रहेको बताए । उनले भने, ‘जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले अगाडि भने, ‘त्यही कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं । कमरेड पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अगाडि बढाउने हो, यस बारेमा अझै पनि गम्भीर चिन्तन मनन गरेर के गर्दाखेरि जनताका वेदना र दुःखहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दै हुनुहुन्छ ।’


यो काममा आफूहरु पनि लागेको उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार पार्न सकिने बताए । उनले भने, ‘सबैका ज्ञान, सबैका अनुभव, सबैका बुद्धिलाई लिएर इमान्दारीताका साथ अगाडि बढ्ने हो भने, अनि हाम्रा ती अग्रज योद्धाहरु जसले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नु भएको थियो, उहाँहरुको सपनालाई साकार पार्न सकिन्छ ।’


मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “नगरपालिकाले शिक्षा र स्वास्थ्यमा ठूलो काम गर्दै आइरहेको र अबको ५ वर्षमा सबै नगरवासीलाई निःशुल्क बिमाको व्यवस्था गर्दछ । प्रतिष्ठानलाई स्वास्थ्य केन्द्र र आयुर्वेदिक अस्पताल बनाउन कदम अगाडि बढाइनेछ ।” प्रतिष्ठानको अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठ हुन् । उनी बाग्मती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री हुन् । उनले जोशिले कम्युनिष्ट पार्टीलाई आजको ठाउँसम्म पु-याएको र उनको योगदानलाई कुनै पनि कम्युनिष्ट पार्टीका व्यक्तिले विर्षनु हुँदैन ।

प्रतिकृया