• ७ भदौ २०८३, सोमबार
  • ११:१० बिहान

नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्यापमा बजेट प्रस्ताव गर्न बजेट चुकेको छ : अध्यक्ष ओली

प्रकाशित मिति

२०८० जेष्ठ २३ गते, मंगलवार ०४:४२

२३ जेठ २०८०, काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले अघि सारेको आगामी वर्षको बजेटमाथि टिप्पणी गर्दै उनले बजेटलाई नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताएका हुन्।


‘राष्ट्रमा उत्साहको लहर पैदा गर्ने कार्ययोजना आएको छैन। कुनै प्रयास बिना संकलन हुन सक्ने राजस्व विगतदेखि कार्यान्वयनमा आएका केही अयाोजना पूर्वाग्रह राखेर, कुनै लक्ष्य, नतिजा, निर्धारण नगरिकन, अलिअलि रकम छ्यास्सछुस्स मुख बुझो लगाउन खोजेको छ। सम्पूर्ण नेपाली र नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्यापमा बजेट प्रस्ताव गर्न बजेट चुकेको छ,’ उनले भने।

Kamana Sewa

समृष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने उच्चदरको आर्थिक विकास हासिल गर्ने, व्यापकरूपमा रोजगारीको अवसर सिर्जना गर्ने, राष्ट्रिय वचतको वृद्धि गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, मूल्य नियन्त्रण गर्ने, चालू खाता घाटा घटाउने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी र दक्ष बनाउन बजेटले नसकेको उनले बताएका हुन्।

Classic Tech Desktop

उनले विगतमा आफूले रेल, पानी जहाजको कुरा उठाउँदा विरोध गरेको स्मरण गराउँदै अहिले आफैंले छ्यापेको हिलो पुछ्दै सरकार हिँडेकोसमेत बताए।

प्रतिकृया