• २६ जेठ २०८३, मंगलबार
  • ७:३१ बिहान

आजपनि प्रतिनिधिसभाको बैठक बस्दै

प्रकाशित मिति

२०८० बैशाख २७ गते, बुधबार ०९:१९

२७ वैशाख २०८०, काठमाडौँ : आजपनि संघीय संसदअन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठक बस्दै छ। सांसद सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेबाट सुरू हुनेछ। बैठकमा सांसदहरूले बजेटका सिद्धान्त र प्राथमिकता(प्रि-बजेट) माथि छलफल गर्नेछन्।


सांसदहरूले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहेको सचिवालयले जनाएको छ।गत आइतबार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले सोमबार र मंगलबार छलफल गरिसकेका छन्।

Kamana Sewa

दुई दिन छलफलमा भाग नलिएका सांसदहरूले आज छलफलमा भाग लिने कार्यसूचि रहेको छ।राष्ट्रिय सभामा भने बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएर अर्थमन्त्री महतले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेका छन्।

Classic Tech Desktop

प्रतिकृया