• २६ जेठ २०८३, मंगलबार
  • ३:४० बिहान

लक्ष्य अनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक छः अर्थमन्त्री महत

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ०४:०६

२६ वैशाख २०८०, काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको बताए ।


मंगलबार राष्ट्रियसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले बैंकको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने बताए।

Kamana Sewa

उनले सरकारकोतर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेकोष बताए। उनले लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको बताए।

Classic Tech Desktop

उनले भने, ‘सरकारको तर्फबाट पनि पुँजी खर्च भएको छैन। मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन हुनुपर्ने कुरामा पनि समस्या देखिएको छ। मौद्रिक नीतिमार्फत पनि एड्रेस हुनुपर्छ। मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि ब्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ।’

प्रतिकृया