• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

नेपाललाई उपाधि जित्न युएईले दियो ११८ रनको लक्ष्य

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार १०:१३

वैशाख १९, २०८०, काठमाडौँ: एसिसी प्रिमियर कपअन्तर्गत युएईले नेपाललाई उपाधि जित्न ११८ रनको लक्ष्य दिएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो।

National Life

मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो। मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच गराए।


सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितले आरिफ शेखबाट क्याच गराए। लगत्तै अर्को बलमा ललितले जहूर खानलाई शून्यमा आउट गरे। त्यसअघि सन्दीप लामिछानेले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे।

Classic Tech Mobile
Classic Tech Desktop

युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे। यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे। रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे।


नेपालका लागि ललितले ४ विकेट लिएका छन्। उनले ७.१ ओभरमा २ मेडन राख्दा १४ रन खर्चिए। सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट हात पारे। आजको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ।


सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ। यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ। एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिकृया