• २ असोज २०८३, शुक्रबार
  • ३ः५१ दिउँसो

एसएसपीमा बढुवा नभएपछि एसपी आभूषणले दिए राजीनामा

प्रकाशित मिति

२०८० बैशाख १७ गते, आईतवार ०५:३०

१७ वैशाख २०८०, काठमाडौँ: प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा छुटेपछि असन्तुष्ट बनेका एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै राजीनामा दिने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

National Life

तिम्सिनाले लेखेका छन्,‘ नेपालको संविधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखे साङ्लोबाट नेपाल प्रहरीका क्षमतावान्, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू कहिले मुक्त हुने र कानुनले नचिनेका शक्तिकेन्द्रहरू धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरू कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?’ उनले आफूलाई सङ्गठनले अन्याय गरेको उल्लेख गरेका छन् ।


‘आफ्नै मानव अधिकारको हरण पटक पटक बेहोरेको व्यक्तिले आम नागरिकका मानव अधिकारहरूलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म ३ रात सुत्न सकिन,‘ तिम्सिनाले लेखेका छन्,‘ चन्द्र शमशेरले राणा कालमै अन्त्य गरेको दास प्रथालाई निरन्तरता दिने पक्षमा म सार्वभौम नेपाली नागरिकको हैसियतमा कदापि छैन । पदबाट राजीनामा दिएर अलग्गिएको आजैका मितिबाट म सार्वभौम र कानुनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रूपान्तरित भएकोमा गौरवान्वित महसुस गरेको छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

तिम्सिनाले प्रहरी सङ्गठनले आफ्नो जवानी लुटाएको टिप्पणी गरेका छन् । उनी २०५६ असार ३ बाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए ।

प्रतिकृया