• २ असोज २०८३, शुक्रबार
  • ५ः२२ बेलुका

विभिन्न कर र कानूनी झन्झटले देशभरका कपास उद्योग संकटमा

प्रकाशित मिति

२०७६ श्रावण २६ गते, आईतवार ०९:५०

भक्तपुर, फोहरबाट मोहर बनाउने कपास उद्योग सरकारले उद्योग मैत्री वातावरण नबनाईदिएका कारण धरापमा परेको पेशाकर्मीले बताएका छन् ।नेपाल कपास ब्यवसायी संघको प्रथम साधारण सभाका क्रममा उनीहरुले कपास ब्यवसायीलाई तीन तहका सरकारले कर लगाउने तर कसरी ब्यवस्थित गर्ने तथा घुम्ती सेवा दिने उद्योगहरु दर्ता विना नै चल्न दिदाँ आफ्नो पेशा ब्यवसाय धरापमा परेको जनाएका हुन् ।

National Life

नेपाल कपास ब्यवसायी संघकी केन्द्रिय अध्यक्ष चन्दना कोइरालाले ठुलो संख्यामा रोजगारी दिने कपास उद्योगलाई आयात निर्यातमा सरकाले लगाएको रोक र घुम्ती सेवा दिने प्रति कडा हुन नसक्दा ठुलो संख्यामा पेशाकर्मी पलायन भएको उनको भनाई थियो ।  कानूनले भन्छ उद्योगको पाँग्रा हुँदैन यसैले यो एकै स्थानमा रहनु पर्छ तर ट्याक्टरमा कपास पेल्नेहरुले विना दर्ता अनुमती समेत नलिई पेशा गर्दा सरकारलाई नै ठगी रहँदा समेत कसैको ध्यान नजानु लाजमर्दो भएको उनको भनाई थियो ।

देश भर हाल २२ सय भन्दा बढि कपास ब्यवसायी रहेको जानकारी दिंदै उनले देश भर पुराना कपडालाई पेली विभिन्न प्रयोजनमा आउने कपास बनाउँदै आएका पेशा कर्मीका कारण देश भर ४ लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएको तथा ३० हजार भन्दा बढि कपास सम्वन्धी ब्यवसाय संचालनमा रहेको बताईन् ।
संघका केन्दीय महासचिव श्याम पौडेलले पुरानो कपडा पेलेर सिरक डस्ना बनाउने ब्यवसायलाई हेयको दृष्टीले हेरिँदा आफ्नो पेशा नै धरापमा परेको बताए । उनले दर्ता विना नैऔद्योगिक निती विपरित गाउँ गाउँमा ट्याक्टर लिएर कपास पेल्न गण्डकी प्रदेशले रोक लगाएको प्रती स्वागत समेत गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतले आफ्नो कपास उत्पादलाई बढावा दिन कच्चा पदार्थको रुपमा विभिन्न मुलुकबाट हजारौं टन पुराना लुगा ल्याउने गरेको छ तर नेपालमा भएको उत्पादन गुणस्तरीय हुँदा पनि सरकारले लगाउने विभिन्न कर तथा कानूनी झन्झटले ब्यवसायी विस्थापित हुने संघारमा पुगेको बताए ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका सभापति नवराज गेलालले साना उद्योगको संरक्षणको निती ल्याउँदै तीनै तहका सरकारले करमा जोड दिने भन्दा पनि करको क्षेत्रलाई फराकिलो बनाउँदै साना ब्यवसायिलाई प्रोत्साहन दिदै धेरै उद्योगीबाट कम कम उठाउँदै लौजानु पर्ने बताए । तीनै तहका सरकारले कर लगाउनु पर्छ भन्दै तर कर लगाउने नाममा स्थानीय उत्पादन नै महंगो हुने गरी मारमा पार्नु भने बेठिक नभएको उनले बताए ।कार्यक्रममा संघका उपत्यका शााखा अध्यक्ष माधव कुँवरले देशमा संचालित उद्योगको रुग्नताका कारण लघु तथा मझोला उद्योगमा मात्र लगभग ६ अर्ब ६० करोड रुपैयाँ लगानी डुब्ने खतरा रहेको र कपास ब्यबसायी टाट पल्टने खतरा रहेको उल्लेख गर्नुभयो ।

संघका सचिब सचिब रामशरण दाहालले सरकारले प्रदान गर्दै आएको २५ केभिए सम्मको उर्जा खपतलाई बृद्धि गरी कम्तिमा ५० केभिए सम्मबो बिद्युतीय उर्जा उपलब्ध गराई उद्योगको गतिशिलता बढाउन सरकार समक्ष माग गर्नुभयो ।कार्यक्रममा भक्तपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ,गैसस भक्तपुरका अध्यक्ष सोम शर्मा र नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले साना उद्योग प्रवर्दनमा जोड दिए ।

प्रतिकृया