• ३ साउन २०८३, आइतबार
  • ३:५१ बेलुका

उपनिर्वाचनका लागि उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

प्रकाशित मिति

२०७९ चैत्र २१ गते, मंगलवार १०:४५

चैत २१, २०७९, काठमाडौँ: निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन सकिने बताएको छ। आयोगका अनुसार चितवन- २, तनहुँ-१ र बारा- २ मा हुने निर्वाचनका लागि सोमबार दर्ता भएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने छ।


ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।आयोगका अनुसार उम्मेदवारी फिर्ता लिनका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ‍। उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने छ।

Kamana Sewa

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ। चितवन- २ मा यसअघिका प्रतिनिधिसभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भइ पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

Classic Tech Desktop

यस्तै, बारा- २ मा जसपाबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। यसैगरी, तनहुँ- १ मा नेपाली कांग्रेसबाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रतिकृया