• ३१ भदौ २०८३, बुधबार
  • १०ः०५ राती

हेडमास्टरको कुटाइबाट एक छात्र घाइते

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०४:४५

बागलुङ, हेडमास्टरको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका हेडमास्टर कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेलको दाँत खसेको हो ।

National Life

अतिरिक्त गणित विषय पढाउने हेडमास्टर गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको र उनी बेहोस नहुन्जेलसम्म कुटपिट गर्दा दाँत झरेको बताइएको छ । बाबु प्रेमप्रसाद शर्मा पौडेलका अनुसार, ‘छोराका साथीहरुले भनेको सुन्दा धेरैबेर कुटपिट गरेपछि ऊ बेहोस भएको थियो’ माथिल्लो दाँत खसेकाले त्यहीँका शिक्षकले खबर गरेपछि हामी पुगेर ल्याएका हौँ’, पीडितकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै उपचार गरेर राखिएको छ ।

प्रतिकृया