• २१ भदौ २०८३, आइतबार
  • २ः३० दिउँसो

मोरक्कोन फुटबलर अच्राफ हाकीमीलाई लाग्यो बलात्कार आरोप, अनुसन्धान सुरु

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०१:०१

१६ फागुन २०७९, काठमाडौँ: पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर तथा मोरक्कोन फुटबलर अच्राफ हाकीमीमाथि बलात्कार आरोपमा अनुसन्धान सुरु भएको छ । मोरक्कोन फुटबलर हाकीमीमाथि २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।

National Life

उनले गत २५ फेब्रुअरीमा ती युवतीलाई बलात्कार गरेको आरोप लागेको हो। ती युवतीले बलात्कारको आरोप लगाए पनि उजुरी भने दर्ता गराएकी छैनन् । ले पेरिसियनका अनुसार युवतीको बयानको तथ्य सरकारी वकिलको कार्यालयलाई जानकारी गराएको थियो।


हाकिमी र ती युवती १६ जनवरीमा इन्स्टाग्राममा भेट भएका थिए । हाकीमीले ती युवतीलाई आफू बस्ने घरमा भेट गर्न बोलाएका थिए । त्यस क्रममा उनले युवतीको उवर (गाडी) भाडासमेत तिरिदिएका थिए ।

Classic Tech Desktop

फ्रान्सेली मिडियाका अनुसार हाकिमीमै घरमा रहेका बेला बलात्कार भएको युवतीको आरोप छ । उनले आफ्नो अनुमतिबिना आफूलाई निर्वस्त्र पारेको र संवेदनशील अंगमा छोएको आरोप लगाएकी छिन् । उनले आफूमाथि जवर्जस्ती गर्न लागेपछि भागेर साथीलाई म्यासेज गरेको बताएकी छन् ।


उनकी साथी आएर उनलाई लगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । त्यही आइतबार उनले प्रहरीमा उजुरी गरेकी थिइन् ।

प्रतिकृया