सूर्यविनायकमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आरम्भ
प्रकाशित मिति
२०७९ माघ २७ गते, शुक्रबार ०१:५३
२७ माघ २०७९, भक्तपुर : सूर्यविनायक नगरपालिका ९४ स्थित मोर्डन स्कुलको प्रांगणमा सूर्यविनायक नगरपालिकाको मेयर बासुदेव थापाले तीन दिने प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेर प्रतियोगिताको शुरु गरे । मेयर थापाले राष्ट्रिय झण्डातोलन गर्दै प्रतियोगीताको उद्घाटन गरेका हुन् ।
सो अवसरमा सम्बोधन गर्नुहुँदै मेयर थापाले राष्ट्र चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमीका हुने बताए । ‘समृद्ध नेपाल, खुसी नेपाली’ बनाउने अभियानलाई सार्थकत तुल्याउन खेलकुद क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको मेयर थापाले बताए।

खेलाडीहरुलाई अनुशासीत भएर खेलमा सहभागि हुन आग्रह गर्नुहुँदै मेयर थापाले भने, ‘खेलको पनि एउटा नियम हुन्छ । तीन दिनको खेललाई ब्यवस्थित ढंगले खेलाउनुहुनेछ र खेल्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

खेललाई ब्यवस्थित गर्न नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने बताउँदै मेयर थापाले प्रतियोगितामा २४ वटा विद्यालयका ५ सय भन्दा बढी भाई बहिनीहले खेल खेल्ने जानकारी गराए ।
उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरु पनि अतिथिको रुपमा सहभागि भएका थिए । कार्यक्रम तीन दिनसम्म चल्नेछ । प्रतियोगीतामा प्रथम, द्धीतीय र तृतीयका साथै सान्त्वनाको लागि समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।




प्रतिकृया