• १२ भदौ २०८३, शनिबार
  • ७:०८ बेलुका

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज शपथ लिँदै

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार १२:३०

२७ माघ २०७९, धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शाहलाई शुक्रवार ३ः३० बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ।


एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले बिहीवार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बिहीबार साँझ नियुक्त भएका थिए।

Kamana Sewa

निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि काँग्रेस संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेसमा प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन्।

Classic Tech Desktop

रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफ्नो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ। तर, सत्ता साझेदार उन्मुक्तिलगायत राजनीतिक दलको समर्थनमा रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिकृया