• १२ भदौ २०८३, शनिबार
  • ७:१० बेलुका

नेपाल बैंक र नागरिक लगानी कोष बीच सम्झौता

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार १२:३२

२७ माघ, २०७९, काठमाडौँ : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोष बीच अनलाईन कारोवार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्न सम्वन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको शुरुवात गरिएको छ ।


माघ २५ गते एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैक र नागरिक लगानी कोष बीचको व्यवसायिक सम्वन्ध नागरिक लगानी कोषको स्थापना देखि भएको बताउदै बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Kamana Sewa

त्यसैगरी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले संचालन गरेका कार्यक्रमहरुलाई नेपालकै
पहिलो बैंकले सधै साथ सहयोग गर्दै आएको र हालको यो नयाँ अनलाईन कारोवारमा पनि सोहि बमोजिम बैंकिङ सेवा दिनेमा विश्वस्त रहेका बताउनुभयो ।

Classic Tech Desktop

नेपाल भर २२६ शाखाहरु, २०२ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुयाइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा प-याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितोे र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भए संगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिकृया