बढ्यो सुनको भाउ, प्रतिताेला मूल्य कति?
प्रकाशित मिति
२०७९ माघ २६ गते, बिहीबार ०१:२४
२६ माघ, २०७९, काठमाडौँ: नेपाली सुनचाँदी बजारमा बिहीबार सुनकाे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार सुनकाे मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो। यसअघि बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिकृया