• ३२ साउन २०८३, सोमबार
  • ११:२६ बिहान

निगमको टिकट लापरवाहीबारे मन्त्री किरातीले भने- खान त खानु, घिच्न पाइँदैन नि

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ०३:२४

९ माघ, २०७९, काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमसँग दैनिक रिपोर्ट मागेका छन्। सोमबार अनुगमनका लागि निगम पुगेका किरातीले निगमको सुधारका लागि दैनिक रिपोर्ट मागेका हुन्।


‘कुन जहाज कहाँ कति बेला ढिलो भयो? त्यसको चक्का खराब भयो कि चक्काको तार काट्यो कि त्यसको जवाफ हामीलाई चाहिन्छ,’ उनले भने, ‘हामीले पनि त जवाफ दिनुपर्‍यो नि।’ उनले विगतमा जे जस्तो भएपनि अब भने निगमले बिजनेस मोडालिटी बनाएरै अघि बढ्नुपर्ने बताए। नेपाल एयरलाइन्समा टिकट नपाइने समस्याबारे पनि उनले प्रश्न गरे।

Kamana Sewa

‘टिकट पाइँदैन। दलालले टिकट लिइरहेका छन् मैले देखेको छु,’ उनले भने, ‘खान त खानु. घिच्न त पाइँदैन नि।’ उनले एक महिनाभित्र ई टिकटिङमा देखिएका समस्या समाधान गर्न निर्देशन दिए।

Classic Tech Desktop

प्रतिकृया