• १५ असोज २०८३, बिहीबार
  • ८ः२८ बिहान

ओलीको खुला चुनौती– अध्यक्षबाट हटाएर देखाऊ

प्रकाशित मिति

२०८३ श्रावण ३१ गते, आईतवार १०:५५

३१ साउन २०८३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन्। इलाममा आयोजित कार्यक्रममा बोल्दै ओलीले अध्यक्ष हटाउने भन्दै चिया पसलमा बसेर गफ गर्दैमा त्यो सम्भव नहुने बताए।

National Life

आफूलाई हटाउने भन्दै हस्ताक्षर अभियान चलाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीभित्र विधि र विधानअनुसार चल्नुपर्ने बताए। विरोधी शक्ति आक्रामक भइरहेका बेला अध्यक्ष हटाउने विषयमा लाग्नु गलत भएको भन्दै ओलीले पार्टी एकजुट भएर सामना गर्नुपर्ने धारणा राखे।

प्रतिकृया